देश

सांसद सुनुवार द्वारा आधारभूत अस्पतालहरुकाे उद्घाटन

नवलपुर टुडे
२०७७ मंसिर १५ | मध्यान्ह ०९:०८ बजे

मंसिर १५,
ओखलढुङ्गाका ६ स्थानीय तहमा संघीय सरकारको घोषणा अनुसार आधारभूत अस्पतालको शिलान्याश भएको छ ।
स्वास्थ्य चौकी मात्र भएका ओखलढुङ्गाका ६ तहले सरकारले तोकेको मितिमै अस्पताल शिलान्याश गरेका हुन् ।
अस्पतालमा नभएका चिशंखुगढी, मोलुङ, सुनकोसी, मानेभञ्ज्याङ, खिजीदेम्वा र लिखु गाउँपालिकामा चालु बर्षमा शिलान्याश गर्ने मितिसहित ७० लाख बजेट निकासा गरेको थियो ।
मंसिर १५ लाई शिलान्याशको मिति नै तोकेर संघीय सरकारले बजेट समेत गाउँपालिकामा पठाएपछि स्थानीय तहले अस्पतालको शिलान्याश प्रकृया अघि बढाएका थिए ।

शिलान्याशमा जनप्रतिनिधीहरुले सरकारले तोकेकै मितिभित्र निर्माण सकेर अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ६ स्थानीय तहमध्ये मोलुङ र सुनकोसी गाउँपालिकामा संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार र अन्य चार तहमा गाउँपालिका अध्यक्षहरुले शिलान्याश गर्नुभएको थियो ।
अस्पताल शिलन्याशमा सांसद सुनुवारले ओखलढुङ्गाका सबै तहले जग्गा व्यवस्थापन गरेर सरकारको योजना अनुसार काम गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभएको छ । उहाँले तोकिएकै मितिमा निर्माण सम्पन्न गरेर पालिकाबासीलाई आँगनमै उपचार सेवा दिने गरि लाग्न पनि गाउँपालिका अध्यक्षहरुलाई आग्रह गर्नुभयो ।

जिल्लाका ८ मध्ये सिद्धिचरण नगरपालिकामा जिल्ला अस्पताल र चम्पादेवी गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । ती तहका अस्पतालको स्तरबृद्धिका लागि बजेट आएको छ । चम्पादेवी गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पताल बनाउन ३ करोड र अन्य तहमा नयाँ निर्माणका लागि प्रति तह ७ करोड बजेट अर्थ मन्त्रालयले बहुबर्षे आयोजना अन्र्तगत विनियोजन गरेको थियो ।
अस्पताल शिलान्याशमा मोलुङ गाउँपालिका अध्यक्ष मणिराज राईले समयमै अस्पताल निर्माण सकेर सेवा सुचारु गर्ने प्रतिबद्धता जनाउनुभयो । यी अस्पताल निर्माण पुरा भएसँग ओखलढुंगाका सबै तहमा आधारभूत अस्पताल सेवा पुग्ने छ ।

कमेन्टहरु