विगतलाई दोहोर्याने होइन विगतबाट सिक्ने हो

काठमाडौ । एक पटक आधुनिक नेपालको ईतिहास हेराै वि. स. १७९९ सालबाट पृथ्वीनारायण शाहले राजगद्दी सम्हाले देखि आज सम्म नेपालमा करिब ३७८ वर्ष यो देशमा विभिन्न शासकहरुले शासन सत्ताको सिहासन सम्हाल्दै आएका छन ।
पृथ्वीनारायण शाह पछि करिब शाहवंशीय राजाहरुले २२४ वर्ष, राणाहरुले १०४ वर्ष पन्चायतले ३० वर्ष र बहुदलले ३० वर्ष राज्य गरेको कुरा हामी सबैलाई अवगत नै छ ।
यी मध्ये सबै भन्दा नेपालमा राज्य गर्ने चाहे पन्चायतमा होस वा राणाहरुको तानाशाही शासनमा होस त्यहाँ राजाको अस्तित्व थियो । यसरी हेर्दा वि.स.१७९९ यता करिब पन्चायत र शाहवंशीय राजाहरुले करिब २५४ वर्ष शासन गरेका छन ।
करिब साढे दुई शताब्दी राज्य गर्दा नेपालमा राजा रहेको हिन्दुराज्य नै थियो । यति लामो समय सम्म राजा र राजतन्त्रले नेपाली जनतालाई केहि दिएन । झन पृथ्वीनारायण शाहले शासन सम्हाले देखि नेपालका मुलबासी मंगोलहरु र सबै नागरिकहरु माथी हिन्दु धर्म जबर्जस्ति लादियो ।
धर्मका नाममा नागरिकहरुलाई विभेद गरियो । कतिपयका सस्कृती र परम्पराहरु खोसिए । मुलबासी मंगोलहरुको ईतिहास मेटाए । जातजाति अनुसार कसैलाई बढी विभेद र सजाय कसैलाई अर्थात नेपाल मनुस्मृतिको आधारमा जात ब्यवस्था लागू गरियो ।
ठुलोले सानोलाई अत्याचार र अन्याय गर्नु कुनै अपराध नै भएन । भनाै भने नेपाल हिन्दु धर्ममा जे ब्यवस्था छ त्यही अनुरुप शासन सत्ता चलाउदै आयो । पछि राणा प्रधानमन्त्रीमा जङ्ग बहादुर प्रधानमन्त्री भए पछि त वि. स.१९१० मा मुलुकी ऐन जारी गरि विभेद र हिन्दु धर्म अनुसार जात ब्यवस्थालाई अझ मलजल गरि उत्पीडित, गरिब र कथित सानो जात भनीएका नागरिकहरु माथी अत्याचार गर्दै गयो ।
त्यति मात्र होइन २०६३ भन्दा पुर्व मुलुकमा लोकतन्त्रको स्थापना नहुदा सम्म यो देश त्यही हिन्दु राष्ट्र र राजा भएको मुलुक थियो । खै देश र जनताले त केहि पाएनन् ? तर विगत १ महिना देखि देश भरी
” राजा आउ देश बचाउ” र हिन्दुरराष्ट्र र राजसस्थाको पुनर्बहाली गर भनी प्रदर्शन भईरहेका छन । जो प्रदर्शनकारीहरु देशभरी बाइकमा र्याली गर्दैछन जो आमनगरिक र सर्वहाराको आवाजको हुनै सक्दैनन् ।
ती सबै हिजोका राजदरबारीया र अतिवादी दक्षिण पन्थीहरु छन । धार्मिक राजनीतिमा टेकेर नेपाली समाजको एकतालाई खल बल्याउन चाहान्छन । राजसस्था र हिन्दुराष्ट्रको स्थापनाले देश विकास हुन्छ भन्नु बालुवामा महल निर्माण गर्नु जस्तै हो । चेतना भया ?






















