देश

सांसदहरुकाे उपस्थितिमा खाेटाङकाे चारै स्थानीय तहमा अस्पताल शिलन्यास

नवलपुर टुडे
२०७७ मंसिर १५ | मध्यान्ह ०७:०८ बजे

खाेटाङ-
रावावेशी, १५, मंसिर ।नेपाल सरकारले घाेषणा गरेकाे देश व्यापी अस्पताल निर्माण अभियान अन्तर्गत अाज साेमबार खाेटाङकाे ४ वटा स्थानीय तहमा १५ शैयाकाे अाधारभुत अस्पतालकाे शिलन्यास गरिएकाे छ।

प्रतिनिधि सभा सदस्य सांसद विशाल भट्टराईले दुईवटा स्थानीय तहमा अस्पतालकाे शिलन्यास गरेका छन्।
यस्तै प्रदेश सभा सदस्य सासंद राजन राईले एक स्थानीय तह । प्रदेश सभा सदस्य सांसद रामकुमार राई पासाङले एक स्थानीय तहमा अस्पतालकाे शिलन्यास गरेका छन्।

photo 2020 11 30 19 16 35
भट्टराईले हलेसी तुवाचुङ नगरपालिका र रावावेशी गाउँपालिकामा अस्पताल शिलन्यास गरेका हुन्। हलेसी तुवाचुङमा ५ शैयाकाे काेभिड अस्पताल केही समय अगाडि उद्घाटन भईसकेकाे थियाे । यस्तै रावावेशीकाे खार्पामा १५ शैयाकाे अस्पताल शिलन्यास गरिएकाे छ ।
यस्तै रावाबेशी गाउँपालिका हरमटारमा ५ शैयाकाे काेभिड अस्थायी अस्पतालकाे अाज उद्घाटन गरिएकाे छ। गाउँपालिकाले अाफ्नै लगानीमा निर्माण गरेकाे कर्मचारी अावाश गृहलाई अस्थायी काेभिड अस्पतालकाे रुपमा उद्घाटन भएकाे हाे।
हलेसी तुवाचुङ नगरपालिका र रावावेशी गाउँपालिकाकाे कार्यक्रममा दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका उप प्रमुख विणादेवि राईकाे समेत उपस्थिति रहेकाे थियाे।

यस्तै ऐसेलुखर्क गाउँपालिकामा प्रदेश सभा सांसद राजन राईले १५ शैया अस्पतालकाे शिलन्यास गरेका छन्। हाल रहेकाे ऐसेलुखर्ककाे प्राथामिक स्वास्थ्य केन्द्र नजिकै शिलन्यास गरिएकाे हाे । यस्तै सांसद राईले अाजै अस्थायी काेभिड अस्पतालकाे समेत ऐसेलुखर्कमा उद्घाटन गरेका छन् । उनले जनताकाे स्वास्थ्य समस्या प्रति राज्य गंभिर भएर लागेकाे कार्यक्रममा बताएका छन् ।

photo 2020 11 30 19 16 12

उता जन्तेढुँगा गाउँपालिकामा प्रदेश सभा सदस्य सांसद रामकुमार राई पासाङले अस्पतालकाे शिलन्यास गरेका छन्। याे सँगै अस्थायी काेभिड अस्पतालकाे समेत उद्घाटन भएकाे छ।
सबै ठाउँ भएका कार्यक्रमहरुमा स्थानीय तहका प्रमुख उपप्रमुखकाे उपिस्थितिमा शिलन्यास कार्यक्रम भएकाे थियाे।

यसैगरी खाेटाङकाे साकेला र केपिलास गढी गाउँपालिकामा भने शिलन्यास कार्यक्रम सरेकाे छ। साकेला गाउँ पालिका वडा नं २ मा अस्पताल बन्ने भएकाे छ। यस्तै दिप्रुङ चुईचुम्मा, खाेटेहाङ र बाराहा पाेखरीमा भने कार्यक्रम नरहेकाे सम्बन्धित पालिकाहरुले जनाएकाे छ ।

त्यसै गरि अाज देशभर एकैदिन ३९६ वटा आधारभूत अस्पतालको शिलान्याश भएको छ । ती मध्ये केही ठाउँमा अर्थमन्त्री बिष्णु पौडेल स्वास्थ्यमन्त्री भानुभक्त ढकालले र बाँकी ठाउँमा सोही ठाउँबाट निर्वाचित जनप्रतिनिधिहरुले शिलान्यास गरेका छन् ।

कमेन्टहरु