देश

हेटौंडा उपमहानगरपालिका – १६ मा मंगोलवाद प्रशिक्षण सम्पन्न

नवलपुर टुडे
२०७७ मंसिर १४ | मध्यान्ह ०९:०८ बजे

हेटौंडा । देशैभरी प्रशिक्षण र संगठन बिस्तार गरिरहेको मंगोल नेशनल अर्गनाइजेशन -डा: गोपाल गुरुङ संगठनले पछिल्लो समय मकवानपुरमा तिब्रता दिएको छ । यसैक्रममा आइतबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१६ वडामा एक दिने मंगोलवाद प्रशिक्षण सम्पन्न गरेको छ ।

प्रशिक्षण कार्यक्रममा बागमती प्रदेश युबा प्रमुख मन्दिरा मोक्तानले प्रशिक्षण दिनुभएको थियो । वहाँको प्रशिक्षण पछि त्यहाँको स्थानिय बासिन्दाले खुशी ब्यक्त गर्दै, ढिलै भए पनि मंगोलवाद बुझ्न पाए जिबन्तमा मंगोल मुक्तिको लागि अग्रसर भएर लाग्ने अठोट गरे ।

कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन -डा: गोपाल गुरुङ मकवानपुर जिल्ला सभाकाअध्यक्ष राजकुमार स्याङतान, मकवानपुर मंगोल युवा सभा अध्यक्ष सुर्य बहादुर रुम्बा, हेटौंडा उपमहानगरपालिका -१६ वडा सभाको अध्यक्ष बाबुराम मोक्तान र सचिब माया बलको उपस्थितिमा हेटौंडा उपमहानगरलालिका -१६ मा बाबुराम मोक्तानको सभापतित्वमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कमेन्टहरु