देश

थप ६ सहित विदेशमा कोरोनाले २९९ जना नेपालीको ज्यान गयो

जगत ठाडा मगर
२०७७ मंसिर १४ | मध्यान्ह ०४:०८ बजे

कोभिड–१९का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा चार जना, पोर्चुगलमा एक जना र युकेमा एक जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार साँझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५८३ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४३ हजार ५७४ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । यो कुल संक्रमितमध्येको ९१ प्रतिशत रहेको छ ।

कमेन्टहरु