देश

माहाबिर पुन ले गण्डकी प्रदेश लाई यम्बुलेन्स सहयाेग गरे

नवलपुर टुडे
२०७७ मंसिर १३ | बिहान ११:०८ बजे

लौ सुन्नु होस् आज गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको “कोरोनाको स्वाब संकलन गर्ने गाडी” को बारेमा | सो गाडी आज गण्डकी प्रदेशको मुख्य मन्त्रीज्युले बुझेर पश्चिमान्चल स्वास्थ्य निर्देशनालयलाई हस्तान्तरण गर्नु भएको छ | सो गाडी वडा वडा र गाउँ गाउँ गएर स्वाब संकलन गर्ने योजना छ | कोरोनाको महामारी सकिए पछि सो गाडी राष्ट्रिय आविष्कार केन्द्रलाई फिर्ता गर्नेछन | अरु प्रदेशहरुलाई पनि यस्तै सहयोग चाहिएको छ भने सम्पर्क गर्नु होला |

राष्ट्रिय आविष्कार केन्द्रले नयाँ गाडी किनेर प्रदान गरेको होइन | धेरै जना नयाँ गाडी नै किनेर दिएको हो कि भनेर झुक्किनु भयो होला | राष्ट्रिय आविष्कार केन्द्रको नयाँ गाडी किनेर दिने क्षमता पनि ता छैन | सो गाडी “जन स्वास्थ्य सरोकार ट्रष्ट” द्वारा संचालित काठमाडौँ मोडेल अस्पताल र किर्तिपुर अस्पतालले एम्बुलेन्सको रुपमा चलाएको पुरानो गाडी हो |

सो ट्रष्टले नयाँ एम्बुलेन्स किने पछि थन्किएको सो गाडीलाई राष्ट्रिय आविष्कार केन्द्र लाई प्रदान गरेको थियो | राष्ट्रिय आविष्कार केन्द्रमा सो गाडी ल्याएर करिब २ लाख रुपैंया जति खर्च गरि त्यसको ईन्जिन नै खोलेर पूर्ण रुपमा मर्मत गरिएको हो |

अनि त्यसलाई स्वाब संकलन गर्ने गाडीमा परिणत गरिएको हो | त्यस्तो स्वाब संकलन गर्ने केहि गाडीहरु केहि महिना अगाढी NAST ले बनाएर हस्तान्तरण गरेको थियो | त्यहि भाईहरु राष्ट्रिय
आविष्कार केन्द्रमा आएर सो गाडीमा स्वाब संकलन गर्ने सिस्टमहरु जोडेका हुन् |

यो गाडी भित्रको हावाको चाप बाहिरको भन्दा बढी हुने गरेर मिलाईएको छ जसले गर्दा भित्र बस्नेलाई कोरोनाको भाइरस सर्ने चान्स एकदमै कम हुन्छ | त्यसमा कसरी काम हुन्छ भनेर एउटा भिडियो तल राखिएको छ सो पनि हेर्नु होला |

यस्ता पुराना गाडीहरु हजारौंको संख्यामा नेपाल भरि नै छन | तिनीहरुलाई मर्मत सम्भार गरेर अथवा ब्याट्री द्वारा चल्ने गाडीमा परिणत गरेर पनि अझ धेरै समय सम्म प्रयोग गर्न सकिन्छ भन्ने कुराको जानकारी सबै नेपालीहरुलाई गराउंदछु ???????? पनले लेखेका छन

कमेन्टहरु