यू–१९ महिला साफ फुटबलका लागि नेपाली टिम घोषणा


काठमाडौं । राष्ट्रिय टोलीका ६ खेलाडी समावेश गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ । यू–१९ महिला टोलीमा राष्ट्रिय टोलीको गोलकिपर अन्जना रानामगर, रक्षक विमला बिक, सविता रानामगर, रश्मीकुमारी घिसिङ, प्रीति राई र रजनी थोकर छन् ।
उनीहरूले गत साउनमा सम्पन्न एएफसी महिला एसियन कप छनोटमा बंगलोदशविरुद्ध राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । बंगलादेशको ढाकामा डिसेम्बर ११ देखी २२ सम्म हुने प्रतियोगिताको तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राष्ट्रिय महिला टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
जुन खेलाडी छनोटको आधार पनि हो । प्रतियोगिता नेपालसहित आयोजक बंगलादेश, भारत, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली यू–१९ नेपाली टोली
गोलकिपर : अन्जना रानामगर, अन्किता राई, सावित्री किसन ।
रक्षक : मन्जुकुमारी खड्का, सलोनी रानामगर, खुश्मा राई, विमला विक, मेनुका आलेमगर, सविना चौधरी, प्रतीक्षा चौधरी, रोजिना श्रेष्ठ ।
मिडफिल्डर : सुष्मा तामाङ, हिमा रावत, रश्मीकुमारी घिसिङ, प्रीती राई, दिपा शाही, सविता रानामगर, सरस्वती हमाल, चन्द्रा भण्डारी ।
फरवार्ड : कुसुम खतिवडा, रजनी थोकर, अमिशाा कार्की, सदिपा भोलन ।






















