देश

बागमती प्रदेशलाई प्रबास सभा मलेशियाबाट आर्थिक सहयोग उपलब्ध

नवलपुर टुडे
२०७७ मंसिर ७ | मध्यान्ह ०३:०८ बजे

काठमाण्डौँ । मुलबासी मंगोलको अस्तित्व, ईतिहास, र मंगोल राष्ट्रबादको आवाज वकालत गर्दै नेपालका मुलबासी मंगोलको गुमेको हकअधिकार फिर्ता लिन देशैभरी निरन्तर प्रशिक्षण र संगठन बिस्तार गर्दै आइरहेका मुलबासी मंगोलको एक मात्र महान संगठन ” मंगोल नेशनल अर्गनाइजेशन -डा: गोपाल गुरुङ ” संगठन बागमती प्रदेशलाई मलेशिया सभाले आर्थिक सहयोग गरेको छ ।

मंगोल नेशनल अर्गनाइजेशन -डा: गोपाल गुरुङ संगठनले गाउँ – २ जाऔं मुलबासी जगाऔं अस्तित्व बचाऔं अभियान निरन्तरता दिदै, पछिल्लो समयमा बागमती प्रदेशमा आक्रमण रुपमा संगठन बिस्तार गर्दै आईरहेको, बागमती प्रदेश युबा प्रमुख मन्दिरा मोक्तानले छिट्टै बागमती प्रदेशलाई मंगोलमय बनाउने रणनीतिका साथ अगाडि बढिरहेको नवलपुर टुडेलाई जानकारी दिएको छ ।

मंगोल जागौं जागरुक्ता फैलाऔं ।
सुतेका मुलबासी ब्युँझाऔं ।
मुलवासी मंगोलको नारा घन्काऔं ।
असली शत्रुको मुटु चर्काऔं ।
शासित होइन, शासक बनौं ।
गुलामी होइन, स्वतन्त्रता रोजौँ ।

माथी उल्लेख हरफलाई आत्मासाथ गर्दै युग पुरुष डा : गोपाल गुरुङको सिद्धान्तलाई बागमती प्रदेशमा व्यापक बिस्तार गर्दा आबश्यक पर्ने आर्थिक सहयोग संकलन अभियान्ता मंगोल नेशनल अर्गनाइजेशन – डा: गोपाल गुरुङ [ MNO DGG ] प्रबास सभा मलेशियाका पुर्ब कोषअध्यक्ष सन्तोष ठान्टी मंगोल र सक्रिय तथा वरिष्ठ युवा नेता डम्बर राई मंगोल र राज दर्लामी मंगोलको सक्रियतामा संकलित रकम संघिय सभा सदस्य तथा संघिय संचार बिभाग प्रमुख जीवन मंगोलको नाममा पठाएको प्रबास सभा सचिब राज दर्लामी मंगोलले जानकारी दिएको छ ।

प्रबासमा रहेर संगठन र नेपालका मुलबासी मंगोलहरुलाई ब्युँझाउन तनमन र धनले सहयोग गर्ने कोमल हृदय भएका सहयोगीदाताहरुको नाम निम्म अनुसारका छन ।

सन्तोष ठान्टी मंगोल – Rm100/-, डम्बर राई मंगोल – Rm100/-, राज दर्लामी मंगोल -Rm150/-, इन्द्र वाम्बुले मंगोल – Rm100/-, चम्स राई (काजि) मंगोल – Rm100/-, टपेन्द्र थम्बु मंगोल – Rm200/-, प्रकाश राई मंगोल – Rm100/-, शिव बहादुर थापा मगर मंगोल – Rm100/-, मन बहादुर सुनुवार मंगोल – Rm50/-, चित्र वाम्बुले मंगोल – Rm100/-, शोभन मगर (सुमन) मंगोल – Rm100/-, भिम राई मंगोल – Rm100/-, सनम राई मंगोल Rm100/-, दिपक राई मंगोल – Rm50/-, र बिष्णु लिम्बू मंगोल – Rm50/- गरि Rm1488/- नेपाली रुपियाँ जम्मा -४२९२८/- ( अक्षरुपी बयालिस हजार नौ सय बठठाईस ) आर्थिक सहयोग संकलन गरि पठाउनु भएको हो ।

साथै बागमती युबा प्रमुख मन्दिरा मोक्तानले प्रबासमा रहेर संगठनलाई हरदम आर्थिक सहयोग गर्नुहुने प्रबास सभा मलेशियालाई बागमती प्रदेश युबा सभा र ब्यक्तिगत रुपमा रिदय देखि नै धन्यवाद ब्यक्त गर्नुभएको छ ।

कमेन्टहरु