देश

काेराेनाकाे कारण नाेबेल मेडिकल कजेज मा स्वास्थ्यकर्मि काे निधन

नवलपुर टुडे
२०७७ मंसिर ७ | बिहान ११:०८ बजे

मंसिर ७,बिराटनगर ।
नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो ।

५० वर्षीय देव सिरहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक थिए ।
नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले भने, ‘कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तर क्लिनिकल्ली कोरोना डेथ भनिएको छ ।’

जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए । उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको यादवले Nawalpurtoday लाई टेलिफाेन मार्फत जानकारी दिए ।

कमेन्टहरु