प्रबास सभा कतारको प्रथम ऐतिहासिक अधिबेशन सम्पन्न


काठमाडौ । नेपालका मुलबासी मंगोलको हकअधिकारको पक्षमा आवाज उठाउने एक मात्र महान संगठन, “मंगोल नेशनल अर्गनाइजेशन -डा: गोपाल गुरुङ” संगठनको प्रबास सभा कतारले प्रथम ऐतिहासिक अधिबेशन २०७७/०८/०५ शुक्रवार कतारको दोहामा सम्पन्न गरेको छ ।

राज कुमार चाम्लिङको सभाध्यक्षतामा सम्पन्न अधिबेशनले कुमार क्याप्छाकी मगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कतार सभाको कार्य समिती गठन भएको नवलपुर टुडेलाई जानकारी प्राप्त भएको छ । नब निर्बाचित अध्यक्ष Nawalpur Today का प्रबास सभा कतारका सम्बाददाता हुनुहुन्छ ।

यस अघि संगठनका प्रबास सभा कतारका सस्थापक संयोजक रमेश थिङले नेतृत्व गर्नुभएको थियो । पछिल्लो समय उक्त संगठनले प्रबासमा पनि आक्रमण रुपमा संगठनको प्रशिक्षण तथा संगठन बिस्तार गरेको छ ।

प्रबास कतारका नयाँ नेतृत्व सम्हाल्नु हुने कुमार क्याप्छ्याकी मगर लगायत सम्पूर्ण नव पदाधिकारीलाई नवलपुर टुडेले अगामी कार्य सफलताको शुभकामना ब्यक्त गर्दछौ ।
























