कैलालीमा कांग्रेसको सबै पालिकामा अधिबेशन हुदै

जगत ठाडा मगर
२०७८ कार्तिक ३० | बिहान ०८:०७ बजे

धनगढी । कैलालीमा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएसंगै आजदेखी पालिका अधिवेशन सुरू भइरहेको छ।
नेपाली काङ्ग्रेस कैलालीका अनुसार आज १३ वटै पालिकामा अधिवेशन हुन लागेको हो। सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको सभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरिसकेका छन्।
नेपाल विद्यार्थी संघबाट नेपाल काँग्रेसको राजनीतिमा सक्रिय भएका उपाध्याय अहिले नगर सचिव छन्। यस्तै उद्योग वाणिज्य संघका पूर्व महासचिव रुपेश स्वारले पनि नगर सभापतिमा चुनाव लड्ने बताएका छन्।






















