राजनीति

नेपाली कांग्रेस ‘थोत्रो पार्टी’ भइसक्यो : एमाले अध्यक्ष ओली

जगत ठाडा मगर
२०७८ कार्तिक २९ | मध्यान्ह ०५:०७ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई ‘थोत्रो पार्टी’ भएको अभिव्यक्ति दिएका छन् । धनकुटामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो दुई तिहाइको सरकार ढालेर कांग्रेसको पछि लागेको भन्दै तत्कालीन एमालेका नेताहरूसँग समेत आक्रोश पोखे ।

उनले भने “नेपाली कांग्रेस थोत्रो पार्टी भइसक्यो । नेपाली कांग्रेसको पछि लाग्ने कस्तो होलान् विचार गर्नुस् त । आफ्नो दुई तिहाइको सरकार ढालेर बुढो कांग्रेसका पछि लागेर सरकारमा सामेल हुने कस्तो बुद्धि होला तिनीहरूको ?”

ओलीले एमाले प्रवेश गरेका नेताहरूलाई पछुताउने अवस्था नआउने विश्वास व्यक्त गरे । उनले सहिदहरूको सपना एमालेले साकार पार्ने दाबी समेत गरे । मौका पाउने बित्तिकै एमालेले विकास गरेर देखाएको ओलीको दाबी छ ।

कमेन्टहरु