कांग्रेस सुर्खेतमा आजदेखि वडा अधिवेशन शुरु

जगत ठाडा मगर
२०७८ कार्तिक २७ | बिहान ०९:०७ बजे

सुर्खेत । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सुर्खेतमा आजदेखि वडा अधिवेशन सुरु हुँदैछ ।
क्रियाशील सदस्यताको विवादका कारण रोकिएको अधिवेशन आज हुन लागेको नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए । उनका अनुसार अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको छ ।
उनले भने,‘ सुर्खेतका ९९ वटै वडामा हाम्रो तयारी पुरा भइसकेको छ। सुर्खेतमा हाम्रा झण्डै ११ हजार ५ सय बढी क्रियाशील सदस्य रहेका छन् ।’ सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद थियो ।
पार्टी केन्द्रले अखण्ड नेपालबाट आएका १९९ लाई सदस्यता दिने परिपत्र पठाएपछि आफूहरुले असहमति जनाएको रेग्मीले बताए । अहिले हामीले विवाद सुल्झाएर नै अधिवेशनको काम अघि बढाएका हौँ,’उनले भने ।






















