कानुन व्यवसायीको धर्ना छल्दै वैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश गरे प्रधानन्यायाधीश

जगत ठाडा मगर
२०७८ कार्तिक २६ | बिहान ११:०७ बजे

काठमाडौं । आन्दोलनरत कानुन व्यवसायीहरुको धर्ना छलेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।
जबराको माग गर्दै कानुन व्यवसायीहरुले शुक्रबार बिहान साढे ९ बजेदेखि सर्वोच्चको मूल गेटमा धर्ना दिएका छन् । जबरा विहान ११ बज्नै लाग्दा मूल गेटको साटो एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् ।
सुरक्षाकर्मीहरुले उनलाई स्कर्टिङ गरेका थिए । अरु न्यायाधीशहरु पनि वैकल्पिक गेट हुँदै सर्वोच्च अदालतमा पुगेका थिए ।






















