देश

मुस्लिम, थारु, मधेशीसँग अहिले पनि भेदभाव कायमै छ : नेता उपेन्द्र यादव

जगत ठाडा मगर
२०७८ कार्तिक २५ | मध्यान्ह १०:०७ बजे

कपिलवस्तु, कार्तिक २५ । नेपालकाे संविधान २०७२ अपुर्ण रहेकाले राज्यमा मुस्लिम, थारु, मधेशीसँग अहिलेपनि भेदभाव कायमै रहेकाे जसपा अध्यक्ष उपेन्द्र यादवकाे भनाई छ ।

आज जिल्लाकाे कृष्णनगरमा जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु क्षेत्र ३ ले आयाेजना गरेकाे पार्टी सुदृढीकरण तथा जनजागरण अभियान एवं अगुवा कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि रहेका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मन्तव्य राख्ने क्रममा राज्यले अहिले पनि मधेश जनआन्दोलन विपरित संविधान जारी गरि विभिन्न तरिकाले मुस्लिम, थारु, मधेशीसँग भेदभाव कायमै राखेकाे बताउनुभयाे ।

कार्यक्रममा बाेल्दै अध्यक्ष यादवले नेपालमा राजनिति सत्ता प्राप्तिमा मात्र लिप्त रहेकाेले अब समावेशी, संघिय संरचनालाई बचाउन हामी सबै एकजुट भई अगाडि बढ्नुकाे विकल्प नरहेकाे बताए । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले विधिकाे शासन अन्तर्गत सबै धर्म, जाति र वर्णलाई समान अधिकार दिनुपर्छ बताए ।

कार्यक्रममा विभिन्न दलका लगभग ६ सय जना जसपामा प्रवेश गरेकाे जनकारी प्रवक्ता पठानले दिएका हुन् । केन्द्रीय सदस्य राजकुमार चाैधरीकाे संचालनमा लुम्बिनी प्रदेशका भाैतिक याेजना एवं पुर्वाधार मन्त्री सहसराम यादव, प्रदेश अध्यक्ष असाेक यादव, पुर्व मन्त्री दान बहादुर चाैधरी, जिसस अध्यक्ष नारायण खनाल, शैलेष प्रतापशाह, मायादेवी गाउपालिका अध्यक्ष बजरंगी चाैधरी, रामकुमार गुप्ता लगायत जसपा जिल्ला कार्य समिती सदस्य तथा सर्वसाधारणहरुकाे बाक्लाे उपस्थिति थियाे ।

कमेन्टहरु