चाइनामा उइगर मुस्लिममाथि दमन रहेको छ : प्रवक्ता अकरम पठान


कपिलवस्तु कार्तिक २५ । नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव आज कृष्णनगरमा आएका थिए ।
जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम अबदुल रहमान खान (अकरम पठान)को अगुवाईमा स्वागत उनकै निवासमा गरिएको थियो । राष्ट्रीय अध्यक्ष यादवका साथ पूर्वमन्त्री दान बहादुर चौधरी, जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, जसपा नेपालका केन्द्रीय सदस्य नरसिंह चौधरी लगायतको आगमन रहेको थियो । मुस्लिम समाजका जानकार तथा विद्वान उलेमा हजरातका साथ अरू धर्मका जागरूक व्यक्ति तथा आम नागरिक उक्त स्वागतमा सामेल भएका थिए l
आवासमा उपस्थित व्यक्ति हरूले आ-आफ्नो समस्या तथा आफ्नो हक अधिकारको कुरा राष्ट्रीय अध्यक्ष यादवसँग राखे । जसमा विस्तृत रूपमा जसपा नेपाल पार्टी तथा राष्ट्रिय नीतिको विषयमा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले बताएकी नेपाल सरकारसँग समस्याको समाधानका निम्ति हाम्रो पार्टी प्रयासरत रहेको, जसको परिणाम छिट्टै आउने संकेत दिए ।
उनले भने ‘जनतालाई आफ्नो अधिकारका लागि संघर्ष जारी राख्नु पर्छ तब मात्र गरीब, असहाय, व्यापारी, बेरोजगार लगायत समस्या को समाधान हुने देखिन्छ ।’ आफ्नो निवासमा उपस्थित सबैलाई धन्यवाद दिदै प्रदेश प्रवक्ता अकरम पठानले उइगर मुस्लिम माथी चाइनामा दमन भइरहेको कुरा अवगत गराउदै तर पनि हाम्रो पार्टीले प्रदेश नं २ को मुख्यमन्त्रीमा मुस्लिम समुदायबाट नै राखेको जिकिर गरे । उक्त कार्यक्रमको संचालन निजाम अहमदले गरेका थिए ।






















