रुपन्देहीको एक फर्निचर उद्योगमा आगलागी

जगत ठाडा मगर
२०७८ कार्तिक २५ | मध्यान्ह ०८:०७ बजे

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ ।
बिहीबार साझपख तिलोत्तमा नगरपालिका–१३ पत्थरडाँडामा रहेको कनौजे ट्रेडर्स फर्निचर उद्योग र उद्योगको शोरुममा आगलागी भएको हो । चार वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागीबाट तयारी फर्निचर र उद्योगमा रहेका काठ जलेर नष्ट प्रहरीले जनाएको छ ।
आगलागी करिब नियन्त्रणमा आइसकेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए । उद्योगभित्र विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।






















