देश

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी एकतालाई विभाजनबाट बचाउन आवश्यक परे मन्त्री पद त्याग्न तयार

नवलपुर टुडे
२०७७ मंसिर २ | मध्यान्ह ०७:०८ बजे
sf7df8f}F, @@ df3 M rLgsf] a]Olhª ;x/df cfof]lht rf}yf] ljZj dlxnf ;Dd]ngsf] @%cf}F jif{ k|j]zsf] cj;/df g]kfnsf] ;dLIffTds ;j]{If0f k'l:tsf ;fj{hlgs sfo{qmdnfO{ ;Daf]wg ub}{ dlxnf afnaflnsf tyf Ho]i7 gful/sdGqL kfj{t u'?ª nufot . t:jL/ M rGb|snf If]qL÷/f;;

काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी एकतालाई विभाजनबाट बचाउन आवश्यक परे मन्त्री पद त्याग्न तयार रहेको बताएका छन् । सत्ता र शक्तिको लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तनबाहेक अन्य परिवर्तन गर्न आफूहरू तयार रहेको गुरुङको भनाइ छ ।
मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री गुरुङले नेतृत्वले पार्टी एकतालाई बचाउन, विभाजनबाट रोक्न र वर्तमान संकट व्यवस्थापन गर्न सम्माननीय प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष, आदरणीय पार्टी अध्यक्ष, पार्टीका जिम्मेवारी अन्य नेताहरुलाई अनुरोध समेत गरेका छन् ।

‘कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन् प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं,’ गुरुङले लेखेका छन् ।

कमेन्टहरु