महोत्तरीमा देउसी खेल्न गएका युवकको ट्याक्टरबाट लडेर मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक २१ | मध्यान्ह ०१:०७ बजे

महोत्तरी, कार्तिक २१ गते । महोत्तरीमा देउसी खेल्न गएका एक युवकको ट्याक्टरबाट लडेर मृतयु भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा नम्वर ४ रजखोरमा शनिबार राती ट्रयाक्टरबाट लडेर स्थानीय वर्ष २२ का अजय रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
२० जनाको समुहमा रजखोरदेखि रामनगर तर्फ जानेक्रममा राना ट्याक्टबाट लडेका थिए । टाउकोमा गम्भीर चोटलागेर गम्भीर घाइते रानालाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगेको बेला मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णु प्रदिप वस्यालले जानकारी दिए ।
घटना पश्चात ट्याक्टर चालक स्थानीय वर्ष २६ का महेश साह ट्याक्टर समेत लिएर फरार भएका छन् । ट्याक्टर र चालकको खोजी भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















