देश

मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक १९ | बिहान ०८:०७ बजे

जाजरकोट । मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सात जना रहेका छन्।

एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ। दश जना सवारी उक्त गाडीमा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन्। घाइते धनबहादुर चालक रहेका छन्। राति भएका कारण अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ। रासस

कमेन्टहरु