देश

चितवनमा वेलुकी ९ वजेसम्मात्र देउसी भैलो खेल्न पाईने

जगत ठाडा मगर
२०७८ कार्तिक १८ | बिहान ०५:०७ बजे

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले वेलुकी ९ वजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ ।

तिहार लक्षित निर्देशन वुधबार जारी गर्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले कुनै पनि आतिसवाजी, पटका, भुईचम्पा लगायतको विस्फोटक पदार्थ विक्री वितरण गर्न नपाइने, जुवातास खेल्न नपाइने, स्वीकृति विना चिट्ठा, उपहार संचालन गर्न नपाइने, मेला महोत्सव गर्दा पूूर्व स्वीकृत लिनुपर्ने, होटल, किरानापसलले अनिवार्य मूल्य सूची राख्ने, कोभिड १९ मापदण्ड पालना गर्नेसम्बन्धमा निर्देशन जारी गरेका हुन् ।

कमेन्टहरु