नुवाकोटको किस्पाङमा बस दुर्घटना, ३० जना घाइते

जगत ठाडा मगर
२०७८ कार्तिक १ | मध्यान्ह १२:०७ बजे

काठमाडौ । नुवाकोटको किस्पाङमा सोमबार बस दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ । भाल्चेबाट काठमाडौं आउँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना भएको हो ।
बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना लगत्तै घाइतेहरुको उद्धार गरी त्रिशूली अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।






















