साफ उपविजेता नेपाली टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत

जगत ठाडा मगर
२०७८ कार्तिक १ | मध्यान्ह १२:०७ बजे

काठमाडौं । साफ च्याम्पियनसिपमा उपविजेता बनेका नेपाली टोली स्वदेश फर्किएका छन् ।
सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, एन्फा पदाधिकारी, परिवारका सदस्यहरु लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
मन्त्री गहतराजले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।
माल्दिभ्समा आयोजना भएको प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भइ उपविजेता बनेको थियो । साफ च्याम्पियनसीपमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो ।






















