धर्म–संस्कृति/रीतिथिति

महाराजगन्जमा माता दुर्गा भवानीकाे मुर्ति विसर्जन (तस्बिर सहित )

जगत ठाडा मगर
२०७८ अशोज ३१ | बिहान ०३:०६ बजे

धनी राम काेरी
कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे महाराजगन्ज लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीकाे मुर्ति विजया दशमीकाे दिन प्रहरीकाे कडा सुरक्षाकाे साथ नदि, ताल र पाेखरीमा मुर्ति विसर्जन गरिएकाे छ ।

photo 2021 10 16 14 38 54

दुर्गा माता, गणेश भगवान, लक्ष्मी माता, सरस्वाती माता र राक्षस लगायतको मुर्ति निर्माण गरेर नाै दिन सम्म धर्मशास्त्र अनुसार पुजापाठ गरि विजया दशमीकाे दिन महाराजगन्ज लगायत जिल्लाकाे धेरै ठाउँमा मुर्ति विसर्जन गरिएको हाे ।

photo 2021 10 16 14 39 09

तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरुले दुर्गा माताकाे बिशेश पुजापाठ, नाै दिन व्रत बसेर, र पुजापाठ गरेर हिन्दु धर्मावलम्बीहरुकाे महान चाडकाे रुपमा मनाउने परम्परा पहिले देखि चलि अाएकाे पाइन्छ ।

photo 2021 10 16 14 39 16

जिल्लाकाे महाराजगन्ज, कृष्णनगर र ताैलिहवा लगायत अन्य ठाउँमा माता दुर्गा भवानी मुर्ति परम्परातग र धर्मशास्त्रहरु पुजापाठ गरेर शुक्रबार र केहि स्थानमा शनिबारकाे दिन विसर्जन गरिएको हाे ।

photo 2021 10 16 14 40 05

महाराजगन्जमा मुर्ति विसर्जनकाे क्रममा प्रहरी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवायुवती, हिन्दु युवा शक्ति कपिलवस्तुका अध्यक्ष लगायत सदस्यहरुको सहभागीतामा मुर्ति विसर्जन गरिएको थियो ।

photo 2021 10 16 14 39 50

कमेन्टहरु