सरावलमा कपर्दी प्रतियोगिता समुदघाटन कार्यक्रम सम्पन्न


महेश यादव
नवलपरासी /३० असाेज । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ पुसाैलिमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । श्री कबडी खेलकुद समिति सरावल-६ पुसाैलिकाे अायाेजना तथा सरावल गाउँपालिका वडा नम्बर -६ काे कार्यलयकाे अार्थिक सहयोगमा खुल्ला पुरुष कपर्दी प्रतियोगिता समुदघाटन कार्यक्रम सम्पन्न भएको हाे ।
खेलकुद समितिका अध्यक्ष महमुद अन्सारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीको उपप्रमुख अब्दुल रहमान चुरिहारकाे प्रमुख अतिथि तथा सरावल गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष कैलाश यादवको विशिष्ट अतिथतामा कपर्दी प्रतियोगिता समुदघाटन कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चुरिहारले खेलप्रति खेलाडीहरुकाे रुचि बढाउन र खेलाडीहरुकाे कला र प्रतिभालाई प्रतिस्फुटन गराउनलाई कपर्दी खेल प्रतियोगिताकाे अावश्यक्ता रहेको बताए । साथै उहाँले खेलाडीहरुलाई खेलप्रति अाकर्षक गराई उतकृष्ट खेलाडी उत्पादन गर्न समेत यस खेलबाट सहयोग पुग्ने बताउनुभयो ।
साे अवसरमा बाेल्दै विशिष्ट अतिथि यादवले खेल प्रतियोगिताबाट खेलाडीहरुकाे मानसिक, शारीरिक समस्यालाई समेत दुर गर्ने र स्वस्थ्य सन्तुलन कायम राख्ने गरेको बताउदै कपर्दी प्रतियोगिता खेल खेल्ने खेलाडीहरुले प्राप्त गरेको सफलताबाट सभ्य समाज निर्माणमा सहयोग समेत पुग्ने बताउनुभएको छ । साथै उहाँले स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुलनाराका साथ अायाेजना गरिएको कपर्दी खेल प्रतियोगिता सफल हाेस भन्ने खेलाडीहरुलाई शुभकामना समेत दिए।
रिबन काटेर तथा खेलाडीहरु संग परिचय गर्दै समुदघाटन गरिएको कार्यक्रममा खेलकुद समितिका काेषाध्यक्ष असाेक कुमार गाैतमले स्वागत मन्तव्य राख्नुभएको थियो । समुदघाटन कार्यक्रममा अतिथिहरुमा ६ नम्बर वडाका वडा सदस्य विन्दा देवि धाेवि, समाजसेवी छाेटेलाल गुप्ता, राममिलन यादव, अात्मा यादव, रज्जब अलि, पिन्टु गाैड, नवलपुर टुडेका परासी शाखा प्रमुख पत्रकार सुरेश यादव, विनाेद निगम (अनिल बानियाँ) लगायतकाे अतिथिहरुकाे सहभागीता रहेको थियो । समुदघाटन कार्यक्रमकाे सञ्चालन नवलपुर टुडेका नवलपरासीका पत्रकार महेश यादवले गर्नुभएको थियो ।






















