पर्बत कारागारभित्रै बन्दी पाण्डेले आत्माहत्या गरे

जगत ठाडा मगर
२०७८ अशोज २७ | बिहान ०७:०६ बजे

पर्वत । पर्वत कारागारमा रहेका बन्दी दुर्गाराज पाण्डेले कारागारभित्रै आत्महत्या गरेका छन्। फलेवास नगरपालिका-७ लिमिठानाका ५९ वर्षिय पाण्डेले मंगलबार बिहान आत्महत्या गरेका हुन्।
२०७८ वैशाख २ गते ७ बर्षिय बालिकालाई बलात्कार गरेकाे आराेपमा पर्वत जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राखेको थियो।
उनले २०७८ असाेज २६ गते बिहान सवा ६ बजेकाे समयमा कारागार प्रशासनभित्रै रहेकाे आइसाेलेसन भबनमा झुण्डिएर आत्महत्या गरेका हुन्।






















