शिक्षा

सप्तरी विद्यालयमा लगाइएको ताला ४ महिनापछि खुल्दा विद्यार्थीमा खुशीयाली

जगत ठाडा मगर
२०७८ अशोज २६ | मध्यान्ह ०८:०६ बजे

लहान । सप्तरीको बलानबिहूल गाउँपालिका वडा नं. – ४, बेल्हीमा अवस्थित श्री जनता आधारभुत विद्यालयमा राजनितिक खिचातानिको कारण लगातार ४ महिनासम्म विद्यालयमा लागेको तालावन्दि खुल्दा यहाँका विद्यार्थीहरुमा खुसीयाली छाएको छ ।

बिडम्बना विद्यालय खुल्दा पनि यस आधारभुत विद्यालयमा केवल २ ओटा प्रा.वि. दरवन्दिका शिक्षकहरु कक्षा १ देखि ८ सम्म भयाई-नभयाई पढ़ाउछन्। यस विद्यालयमा ३५० भन्दा बढ़ी विद्यार्थीहरु अध्यनरत छन्। यो विद्यालय वि.सं. २०११ सालमा स्थापना भएको हो। कक्षा ७ र ८ का विद्यार्थीहरुलाई अप्पन बेल्ही युवा क्लवका अध्यक्षले नेपाली, विज्ञान, सामाजिक बोर्डमा लेख्न भन्दा धेरै विद्यार्थीहरुले लेख्न सकेन ।

साधारण घटाउ दिंदा पनि बनाउन सकेन। यसमा यिनीहरुको केही गल्ति छैन, यी निर्दोष बालवालिकाहरु सदैब विद्यालय आउँछन् र हाजिरी बनाएर शिक्षकको प्रतिक्षामा बिहान १० बजे देखि ४ बजे सम्म बस्छन्। यस विद्यालयमा ९९ प्रतिशत विद्यार्थी अति गरीव, बिपन्न र दलित समुदयबाट पढ्न आउँछन्। विद्यालयका प्रधानाध्यापक श्री नेतिलाल यादवलाई सोध्दा ४ बर्ष देखि अहिले सम्म विद्यालयमा स्थानीय सरकारबाट एक रूपैया पनि विकास निर्माणमा पाएका छैनौ र शिक्षकको बारम्बार माँग गर्दा पनि कुनै चासो प्रतिनिधिहरुले नदिएको गुनासो गर्नुभयो।

विद्यार्थीहरुको भविष्य निर्माण नभई यहाँ अन्धकार तिर धकेल्ने काम स्थानीय सरकारले नै गरेको खुलासा स्थानीयहरुले पनि बताउँछन्। बेल्ही गाउँबाट नै उपाध्यक्ष समेत रहदा पनि यहाँको अवस्था यस्तो छ भने अब को माथि विश्वाश गर्ने भन्ने ब्यापक जन गुनासो समेत छ। बलान बिहूल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईत आँफै अंग्रेजीमा एम.ए. सम्मको पढाई गर्नुभएको छ जसको कारण जनताले उहाँलाई आफ्नो अमूलय मत दिई चुन्नू भएको छ तर शिक्षामा कुनै परिणाम आएको छैन। दिनानुदिन यहाँको शिक्षाको अवस्था खस्किदै गैरहेको छ।

अप्पन बेल्ही युवा क्लबद्वारा निरिक्षणमा गएको क्लबका अध्यक्ष रोशन यादव, कोषाध्यक्ष कुमरकान्त झा,
सल्लाहकार ई.प्रदीप यादव सचिब बिजय यादवले सोमबार विद्यालय अनुगमन गरेका छन।

कमेन्टहरु