डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

जगत ठाडा मगर
२०७८ अशोज २६ | बिहान ११:०६ बजे

डडेल्धुरा । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन्। बस ब्रेक फेल भएर आज मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।
बसमा ५०/६० यात्रु रहेका बताइएको छ। डिएसपी नेपालका अनसार बस सडकमै पल्टिएकाले यात्रुहरु सामान्य घाइते भएको र उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।






















