रुपन्देहीमा महिलाको शब फेला, प्रहरीले अनुसन्धान गर्दै

जगत ठाडा मगर
२०७८ अशोज २५ | मध्यान्ह ०३:०६ बजे

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाको खेतमा महिलाको शव फेला परेको छ । सो गाउँपालिका– ६ फुलवरीयास्थित खेतमा अन्दाजी २७ वर्षीया महिलाको शव फेला परेको हो ।
शवको पहिचानका लागि सूचित गर्ने र घटनाको अनुसन्धान कार्यभई रहेको प्रहरीले जनाएको छ ।






















