चितवनमा बसको ठक्करबाट बालकको मृत्यु

जगत ठाडा मगर
२०७८ अशोज २५ | बिहान ०८:०६ बजे

भरतपुर । भरतपुर महानगरपालिका – ७ विकास चोकमा बसको ठक्कबाट एक बालकको मृत्यु भएको छ ।
चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको ना. १ प १२८४ नम्बरको बसले आठ वर्षका बालकलाई ठक्कर दिएको थियो । बालकको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा छन् । बालकको सनाखत हुन सकेको छैन ।






















