सिरहाबाट लागुऔषधसहित ३ जना पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज २४ | मध्यान्ह ०५:०६ बजे

सिरहा, २४ असोज । प्रहरीले सिरहाबाट लागुऔषधसहित तीन जनालाई पक्राउ परेका छन् । सिरहाको सिरहा नगरपालिका वडा नम्वर १५ बुधौरा दशगजा क्षेत्रका लागुऔषधसहति उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नम्वर २१ लकडीगोठ बस्ने १९ वर्षीय वर्षीय मिलेश कर्ण, २६ वर्षीय बंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका वडा नम्वर ९ बस्ने निकित कुमारको साथबाट लागूऔषध नेट्राभेन ३ सय टयाक्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकिले जानकारी दिए ।
तीन जना सवार बीआर ३२एजी५५११ नम्वर को भारतीय मोटरसाइकलमा सवार भई आईरहेको अवस्थमा प्रहरी टोलिले उनीहरुलाई चेक जाँच गर्दा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।






















