देश

थुवाको मृत्यु भएपछि पीडितका आफन्तद्वारा विरोध प्रदर्शन, प्रहरीसहित एकदर्ज बढी घाईते, अवस्था नियन्त्रणमा लिन अश्रुग्यास प्रहार (तस्विरहरु सहित)

जगत ठाडा मगर
२०७८ अशोज २४ | मध्यान्ह ०५:०६ बजे

सुनसरी, २४ असोज । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी सहति इनरुवा तनावग्रस्त बनेको छ । पीडितका आफन्त सहित ठूलो संख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुडा पश्चात प्र्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधादर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ ।

झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् ।
घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटी भीक्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने बताए ।

photo 2021 10 10 04 28 29

प्रहरीले प्रर्दशन कारीलाई हटाउन पटक–पटक प्रयास गरेपनि उग्र बनेको समूह प्रहरी माथिजाई लागेको थियो । झडपकाक्रमा प्रहरी कार्यालय र परिषरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमाठुलो संख्यामाप्रहरी परिचालन गरिएको छ ।
सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मदह किमसाह अनुसन्धानको क्रममा थुनामा थिए । पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् । उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन् ।

photo 2021 10 10 04 28 15 photo 2021 10 10 04 28 20photo 2021 10 10 04 28 29photo 2021 10 10 04 28 29

कमेन्टहरु