कोरोनाबाट संक्रमित डा.केसीको उपचार खर्च सरकारले व्यहोर्छ : प्रधानमन्त्री

जगत ठाडा मगर
२०७७ कार्तिक २९ | बिहान ११:०७ बजे

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा.गोविन्द केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी गराएका छन् ।
प्रधानमन्त्रीले कोरोनाबाट संक्रमित डा.गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
आज प्रधानमन्त्री अोलीले आफ्नो ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी समेत गराएका छन् ।
डा.केसीले समान्य रुघाखोकी र ज्वरो आएपछि विहिवार आफ्नो स्वाब परीक्षण गराएका थिए । शुक्रवार उनमा कोरोना पोजेटिभ देखिएको छ ।























