देश

मन्त्री हमालले राजीनामा दिने घोषणा

जगत ठाडा मगर
२०७८ अशोज २४ | बिहान ०९:०६ बजे

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् ।

हमालले आजै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताए । उनले भने, ‘मैले राजीनामा बुझाउदै छु । मैले मेरो स्वविवेक प्रयोग गरेँ । त्यत्तिकै विवादमा किन पर्ने ? साथीहरु राजीनामा नदिने भनेका थिए । म राजीनामा दिने पक्षमा गएँ । मैले राजीनामाको जानकारी दिइसकेको छु । आज गएर राजीनामा बुझाउँछु ।’

प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा स्वीकृत गराउन बाध्य पार्न आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराएको उनको भनाइ छ । उनले भने, ‘कसैलाई नभनी राजीनामा दिए देउवाले राजीनामा स्वीकृत गर्नुहुन्न । त्यसैले मैले पत्रपत्रिकामा भनेपछि उहाँलाई स्वीकृत गर्न बाध्य हुनेछ ।’

कमेन्टहरु