मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिदै


हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज विश्वासको मत लिने भएकी छन् । भदौको २ गते बागमती प्रदेशको मुख्यमन्त्री चयन भएकी शाक्यले आज विश्वासको मत लिन लागेकी हुन् ।
दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बस्दैछ । सोही अधिवेशनमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन् । १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेमा ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ।
प्रदेशसभामा नेपाली कांग्रेसबाट २२, माओवादी केन्द्रबाट २३, नेकपा एकीकृत समाजवादीबाट १३ गरी कुल ५८ सांसद छन् । गठबन्धनबाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २ र एकजना स्वतन्त्र सांसद छन् । यी सबै दलले शाक्यलाई समर्थन दिए पनि ५१ मात्र पुग्छ ।
जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ । बागमतीमा नेकपा एसबाट नयाँ मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी छ ।






















