रुकुममा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

जगत ठाडा मगर
२०७८ अशोज २४ | बिहान ०९:०६ बजे

जाजरकोट । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २ जना घाइते भएका छन् ।
आइतबार बिहान ३ बजेतिर सानीभेरी गाउँपालिका– ११ अर्मापाखामा ग १ ज ४४५४ नम्बरको जीप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारीको मृत्यु भएको हो । भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।
घाइते हुनेमा सानीभेरी– ३ का १९ वर्षीय समीर परियार र १० का २९ वर्षीय तिलक खड्का रहेको छन् । घाइतेलाई उपचारका लागि चौरजहारी लगिएको प्रहरीले जनाएको छ ।






















