समाज

शुभकामना कार्यक्रममा पत्रकार सम्मानित

जगत ठाडा मगर
२०७८ अशोज २३ | मध्यान्ह ०८:०६ बजे

विनोद मण्डल
सिराहा । धनगढीमाईको जिरोमाइल स्थित नेपाली कांग्रेसका जिल्ला सभापतिद्धारा पत्रकारहरु सम्मानित भएका छन् ।

नेपाली कांग्रेस सिराहाका सभापती रामचन्द्र यादवद्वारा उनको निवासमा हिन्दूहरूको महान चाड वडा दशैँ, दिपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता विष्णु प्रशाद गुप्ता, प्रमुख अथिति रामचन्द्र यादव, विशिष्ट अतिथिहरु नेपाल पत्रकार महासंघ सिराहा शाखाको अध्यक्ष मनोज बनैता, बरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ता, नेपाली कांग्रेसका नेता तपेश्वर महतो, महिला नेत्री विमला देवी शाह लगायत जिल्लाका नेता तथा कार्यकर्ताको सहभागितामा भएको कार्यक्रममा स्वागत मन्तव्य रामबाबु यादवले राख्नु भएको थियो ।

कार्यक्रमको शुरुमा ज्ञात अज्ञात शहीदप्रति मौन धारण गरिएको थियो । कार्यक्रम शुरू भएपछि जिल्ला सभापति रामचन्द्र यादवले सहभागी पत्रकारहरुलाई टीका र गम्छा ओढाएर सम्मान गर्नु भएको छ। कार्यक्रममा बोल्दै वरिष्ट पत्रकार दिनेश्वर गुप्ताले लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि पत्रकारहरु निरन्तर कलम चलाउने बताउनु भएको छ ।

कार्यक्रममा सभापति रामचन्द्र यादवले आफू जनताको पक्षमा रहेर काम गर्ने भएकोले सही सत्य खवर लेख्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।

पूर्व गाविस अध्यक्ष समेत रहेका यादवले अाम जनताबाट विजय भएर सिरहाबाट माननीय समेत भएका थिए । लामो राजनीति सक्रियता र इतिहास बोकेका यादवले जिल्लामा आफ्नो कार्यकालमा भौतिक निर्माण मन्दिर, स्कूल, बाटो घाटो निर्माणमा बढी सक्रिय रहनु भएको थियो ।

कमेन्टहरु