देश

रौतहटमा करेन्ट लागेर १४ वर्षीया किशोरीको मृत्यु

जगत ठाडा मगर
२०७८ अशोज २३ | मध्यान्ह ०५:०६ बजे

जनकपुरधाम, २३ असोज । रौतहटमा करेन्ट लागेर एक युवतिको मृत्यु भएको छ । मृत्यु हुनेमा फतुवा विजयपुर–७ का रामेश्वर यादवकी १४ वर्षीय छोरी रुवीकुमारी यादवको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

घाँस लिन गएकी रुवीकुमारीलाई क्रसर उद्योगभित्रको धारामा पानी खान जाँदा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

धारामा जोडिएको मोटरबाट विद्युत प्रवाह भएर करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु