देश

जसपा कार्यकर्ताद्वारा वीरगञ्जमा अध्यक्ष यादवको पुत्ला दहन

जगत ठाडा मगर
२०७८ अशोज २३ | मध्यान्ह ०४:०६ बजे

वीरगञ्ज, २३ असोज । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले वीरगञ्जमा उपेन्द्र यादवको पुतला दहन गरेका छन् । प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनका समर्थकहरूले वीरगञ्जमा अध्यक्ष यादवको पुतला दहन गरेको हो ।

आक्रोशित कार्यकर्ताहरुले ‘काला नाग मुर्दावाद, उपेन्द्र चोर देश छोड उपेन्द्र यादव मुर्दावाद’ सहितका नारा लगाउँदै जसपा कार्यकर्ताहरूले प्रदर्शन गर्दै वीरगञ्जको घण्टाघर चोकमा अध्यक्ष यादवको पुतला जलाएका हुन् । पर्साबाट निर्वाचित सांसद यादवलाई मन्त्रिपरिषद विस्तारहुँदा सामेल नगरिएको भन्दै उनका समर्थकहरू अध्यक्ष यादवको विरोधमा उत्रेका छन् ।

सांसद यादवनिकट जसपाका कार्यकर्ताहरूले अध्यक्ष यादवलाई पर्सा जिल्ला प्रवेश गर्न नदिने चेतावनीसमेत दिएका छन् । अध्यक्ष यादवले पटक–पटक वीरगञ्जलाई ठग्दै आएको र यसपटक पनि अन्तिम समयमा प्रदीप यादवलाई मन्त्री बन्न नदिन षडयन्त्र गरेको जसपा कार्यकर्ताहरूले आरोप लगाएका छन् ।

कमेन्टहरु