देश

सर्लाहीबाट तीन किलो गाँजासहित एक पुरुष पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज २३ | बिहान ११:०६ बजे

जनकपुरधाम, २३ असोर । प्रहरीले सर्लाहीबाट तीन किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । आज (शनिबार) विहान ८:३० बजेको समयमा प्रहरी टोलिले मलंगवा नगरपालिका वडाा नम्वर २ दशगजा क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको ब्रहम्पुरी गाँउपालिका वडा नम्वर ८ भेल्ही बस्ने ४५ वर्षीय बिन्देश्वर सहनी रहेका छन् । उनको साथबाट तीन किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधम प्रसाद बुढाथोकिले जानकारी दिए ।

पक्राउ परेका सहनीले बोकेको नाईलनको झोला चेकजाँच गर्दा झोला भित्र प्लाष्टिकले प्याक गरेको लागुऔषध गाँजा सहित उनलाई पक्राउ गरेको प्रवक्ता बुढाथोकिले बताए ।

कमेन्टहरु