कञ्चनपुरमा युवकको शव फेला, एक जना नियन्त्रणमा

जगत ठाडा मगर
२०७८ अशोज २२ | मध्यान्ह ०७:०६ बजे

कञ्चनपुर: कञ्चनपुरमा युवकको शव फेला फेला परेको छ। शुक्रबार महाकाली नदीको झोलुंगे पुल नजिक भीमदत्त नगरपालिका–१२ ऐरीका २२ वर्षीय सुनिल विष्ट मृत फेला परेका हुन्। उनी २ दिनअघि बुधबार साँझ भाइरल रोड नजिकै महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।
बेपत्ता भएपछि प्रहरीको टोलीले उनको खोजी कार्य गरेको थियो। मृतक आफन्तका अनुसार छिमेकी प्रेम भट्टले बेलुका ५ बजेतिर महाकालीमा नुहाउन जान भन्दै बोलाएको खुलेको छ।
प्रहरीले भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।






















