देश

फिर्ता पठाइएको विधेयक प्रदेश सभाबाट पुनः पारित

जगत ठाडा मगर
२०७८ अशोज २२ | मध्यान्ह ०३:०६ बजे

जनकपुरधाम, २२ असोज । प्रदेश २ मा प्रदेश सभाबाट पारित भइसकेको दुईवटा विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष जाँदा फिर्ता पठाइएको विधेयक पुनः पारित भएको छ ।

तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले फिर्ता गरेको स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाइएको थियो ।
आज (शुक्रबार) बसेको प्रदेश सभाको बैठकले फिर्ता गरिएको विधेयक पुनः पारित गरेको छ । दुवै विधेयक सर्वसम्मतले पारित भएको हो । २०७७ असोज २६ गते मा पारित भएको थियो ।

विधेयक पारित गर्ने सम्बन्धी आयोजित छलफलमा भाग लिँदै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)का एक सांसदले तत्कालीन प्रदेश प्रमुख झाले राजा बन्न खोजेर यो विधेयक पारित नगरी फिर्ता पठाएको उनले बताए ।

कमेन्टहरु