देश

नेपाली कांग्रेस बाजुराको सभापतिमा रामसिंह रावल निर्वाचित

जगत ठाडा मगर
२०७८ अशोज २२ | बिहान ०७:०६ बजे

कठमाडौं । नेपाली काँग्रेस बाजुराको सभापतिका रामसिंह रावल निर्वाचित भएका छन् । दोस्रोपटक गरिएको मतदानको अन्तिम परिणामअनुसार ६०५ मतसहित रावल विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कविराज पण्डितले ५६६ मत मात्रै ल्याएका थिए । रावललाई पहिलो राउन्डबाट बाहिरिएका सभापतिका उम्मेदवार चक्र शाहले सहयोग गरेका थिए । पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा पुनः निर्वाचन गरिएको थियो ।

दोस्रो चरणको चुनावमा सभापति शेरबहादुर देउवा पक्षीय वर्तमान सभापति पण्डित वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका रावलसँग पाराजित भए । अघिल्लो जिल्ला अधिवेशनमा पण्डितसँग जिल्ला सभापतिमा रामसंह रावल पराजित भएका थिए । पौडेल निकट केन्द्रीय सदस्य बद्री पाण्डेले गृह जिल्लामा आफू अनुकूलको नेतृत्व ल्याउन सफल भएका छन् ।

यस्तै उपसभापतिमा पदम बडुवाल, नारायण उपाध्याय निर्वाचित भएका छन् । सचिवमा तिलक पुरी, भरतबहादुर रोकाया विजयी भएका छन् भने सह सचिव कृष्णराज उपाध्याय, सुरेन्द्र बहादुर सिंह निर्वाचित भएका छन् ।

कमेन्टहरु