विश्वासको मत पाएपछि मुख्यमन्त्री राउत पुगे जानकी मन्दिर

जगत ठाडा मगर
२०७८ अशोज २१ | मध्यान्ह ०६:०६ बजे

जनकपुरधाम । प्रदेशसभामा दुई तिहाइ मत प्राप्त गरेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत जानकी मन्दिर पुगेका छन् ।
बुधबार विश्वासको मत लिएपछि बिहीबार जानकी मन्दिर पुगेका उनले त्यहाँका पुजारी महन्थम रामपतेश्वर दास वैष्णवको गोडा ढोकेर आशिर्वाद लिएका छन् । मुख्यमन्त्री राउतले महन्थ दासको कार्यकक्षमै गएर आशिर्वाद लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
आशिर्वाद लिन पुगेका मुख्यमन्त्री राउतलाई महन्थ दासले माला तथा दोसल्ला ओढाएर सम्मान गरेका छन् । राउतले बुधबारको प्रदेश सभा बैठकमा उपस्थित सय जना सांसदमध्ये ७७ जना सांसदको समर्थन पाएका थिए । २३ जनाले विपक्षमा मत हालेका थिए ।






















