राजनीति

कांग्रेस महाधिवेशन : शिक्षक र कर्मचारीलाई प्रतिनिधि नबनाउन उच्च अदालतको आदेश

जगत ठाडा मगर
२०७८ अशोज २१ | मध्यान्ह ०१:०६ बजे

काठमाडौ : उच्च अदालत पाटनले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा शिक्षक, कर्मचारी र प्राध्यापकहरुलाई प्रतिनिधि नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

सुनिल बोहराले दायर गरेको रिटमा न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले बुधबार उक्त आदेश जारी गरेको हो। बोहराले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शिक्षक, कर्मचारी र प्राध्यापकहरुहरुलाई प्रतिनिधि बन्ने÷बनाउने काम रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए।

अन्तरिम आदेश माग गरिएको सम्बन्धमा अदालतले कात्तिक ७ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ।

कमेन्टहरु