देश

प्रहरी समायोजन यथाशीघ्र गरिनुपर्छ : मन्त्री शाक्य

जगत ठाडा मगर
२०७८ अशोज २१ | बिहान ११:०६ बजे

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.अजयक्रान्ति शाक्यले प्रहरी समायोजनको कार्य यथाशीघ्र सम्पन्न गर्न नेपाल सरकारसँग माग गरेका छन्।

६६औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाक्यले यस्तो बताएका हुन्। ‘बागमती प्रदेश सरकारले प्रहरी ऐन बनाइसकेको छ,’ मन्त्री शाक्यले भने, ‘प्रहरी ऐन बनिसकेपछि पनि प्रहरी समायोजन हुन नसकेको अवस्था हामी माझ छ। यस्तो अवस्थामा प्रहरी समायोजनको कार्य यथाशीघ्र गर्न नेपाल सरकारसँग माग गर्दछु।’ उनले नेपाल सरकारले प्रहरी समायोजन गर्न ढिलो गरिरहेको अवस्थामा समेत बागमती प्रदेश सरकारले आफ्नो दायित्व पूरा गरिरहेको दाबी गरे।

‘प्रदेश प्रहरीका भौतिक संरचना, विभिन्न साधन स्रोत खरीद र क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा विभिन्न तवरले सहयोग पु¥याउदै आइरहेका छौं र पुर्याइरहने छौं,’ उनले भने, ‘बागमती प्रदेश प्रहरीका लागि अहिलेसम्म ४० वटा भन्दा बढी प्रहरी भवनहरु निर्माण गरिसकेका छौं। यो वर्ष पनि प्रहरी भवनहरु निर्माण गर्न करीब ४५ करोड बजेट राखेका छौं।

कमेन्टहरु