खेलकुद

प्रथम डाबर गोल्डकप फुटवल प्रतियोगिता उट्घाटन

जगत ठाडा मगर
२०७८ अशोज २० | मध्यान्ह ०९:०६ बजे

विनोद मण्डल
सिरहा । सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ४ तथा हाल धनगढीमाई १३ को दुर्गा मन्दिर परिसरको दक्षिण र डाबर पोखरीको ठीक उत्तरमा अवस्थित खुल्ला चौरमा ” स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद ” भन्ने नाराका साथ आज देखि फुटवल टुर्नामेन्ट प्रतियोगिता उद्दघाटन गरिएको छ ।

असोज २७ गतेसम्म सञ्चालन हुने भनिएको खेलमा प्रदेश १, २ र बागमती प्रदेश लगायतका फुटबल टिमहरू सहभागी हुने भएको छ । आजै दिउँसोदेखि शुरू गरिएको फुटबल खेल प्रतियोगिताको उद्दघाटन धनगढी माई नगरपालिकाका मेयर हरिनारायण चौधरीले गर्नु भएको छ ।

प्रत्येक दिनको खेलमा म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई नगद १ हजार सहित शिल्ड प्रदान गरिने वडा अध्यक्ष सूर्यमान तामाङले बताउनु भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र तथा दितिय हुनेलाई ३० हजार पुरस्कार दिने आयोजक समितिले जनाएको छ ।

खेलमा रामधुनी यूवा क्लव सुनसरी, दुधौली स्पोर्ट्स क्लब सिन्धुली, लक्ष्मी यूवा क्लव धनगढीमाई १३ सिराहा, त्रियुगा यूवा क्लव फत्तेपुर सप्तरी, गोदार फुटवल क्लव धनुषा, श्री शेरगण चोहरबा, गाईघाट फुटबल क्लब उदयपुर लगायतका टिम सहभागी भई खेलिने छ । आयोजकले खेल वडा दशैंको अवसर पारेर आयोजना गरिएको हो ।

कमेन्टहरु