बारामा करेन्ट लागेर ४५ वर्षीय पुरुषको मृत्यु

जगत ठाडा मगर
२०७८ अशोज २० | मध्यान्ह ०३:०६ बजे

वीरगञ्ज, २० असोज । बारामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका वडा नम्वर ८ ब्रम्हपुरी बस्ने अन्दाजी ४५ बर्षीय रामेश्वर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान बारीमा जडान गरिएको पानी तान्ने मोटरमा लगाईएको तारबाट उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि कलैया अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय बाराको प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।






















