देश

शुरु भयो मास्क सुनिश्चितता अभियान

जगत ठाडा मगर
२०७८ अशोज २० | मध्यान्ह ०१:०६ बजे

सप्तरी, २० असोज । सप्तरीमा मास्क प्रयोगका सुनिश्चितता कार्यक्रमको शुभारम्भ भएको छ । राजविराजको गजेन्द्र चोकमा मंगलबार देखि मास्क सुनिश्चितता शुभारम्भ गरिएको छ ।

प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले यो कार्यक्रमकोे उद्घाटन गर्दै सबैलाई मास्क लगाइरहनुपर्ने बताए ।

कोरोनाको कहर घटेपनि मास्कको प्रयोग नगरिए बढ्न सक्ने भन्दै उनले बजार निस्किँदा, कुनै व्यक्तिसँग कुरा गर्दा, कुनै कार्यालयमा जाँदा अनिवार्य मास्क लगाउन सबैसँग आग्रह गरे । कार्यक्रममा मास्क बिना कुराकानी निषेध, मास्क बिना सेवा निषेधलगायतका प्लेकार्ड सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला लगायतका बिभिन्न कार्यालयका प्रमुखको उपस्थिति रहेको थियोे ।

कमेन्टहरु