देश

पर्साबाट २ केजी गाँजासहित एकजना पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज २० | मध्यान्ह १२:०६ बजे

पर्सा । लागु औषध गाँजासहित पर्सा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका-१ का ३० वर्षीय लोकराज पटेल रहेका छन् ।

पटेललाई ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले २ केजी गाँजा बरामद गरेको छ ।

पक्राउ परेका पटेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु